तेह्रथुमको छथरमा एकल पुरुषलाई मासिक एक हजार भत्ता

न्युजलय २५ चैत २०७८, शुक्रबार ०२:२८ मा प्रकाशित

तेह्रथुम । श्रीमान‍्को मृत्युपछि राज्यले महिलाहरुलाई एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गर्छ । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । 

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरेको हो ।

विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो ।