वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार ०८:२० मा प्रकाशित

 धरान । धरानस्थित वीपी प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१० का ४० बर्षीय पुरुष रहेका छन् ।

उनको शुक्रबार(आज) बिहान ५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । पोखरेलका अनुसार मृतकले कोभिड विरुद्धको खोप लगाएका थिए ।

उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।