सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाऊपालिका–४ खुम्जुङमा घोडाबाट लडेर बालिकाको मृत्यु भएको छ ।
पासाङल्हामु शेर्पाको ८ बर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् ।
आज बिहान उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाऊपालिका–३ लासे दोभानमा हिउमा चिम्लिएर घोडा लड्दा उनिहरु समेत लडि घाईते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।