उडिरहेको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ

न्युजलय ३० असार २०७९, बिहिबार ०७:०९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन्।

उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेका थिए । 

उनलाई उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बताइएको छ । धनगढी अवतरण भइसकेपछि ती यात्रुलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ। 

उपाध्यायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।