काठमाडौं । अवैध बाटो भएर अमेरिका प्रवेश गरेका आठ जना नेपाली स्वदेश फर्काइएका छन्।
तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयले जनाएको छ । ८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।
उनीहरू के कति रूपैयाँ खर्च गरेर त्यहाँ पुगेका हुन् खुल्न बाँकी रहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ।