मुस्ताङमा हिमपहिरो

न्युजलय ७ भदौ २०८१, शुक्रबार ०९:५३ मा प्रकाशित

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिकामा हिमपहिरो खसेको छ ।

थसाङ–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

शुक्रबार दिउँसो खसेको हिमपहिरोले बोक्से खोला थुनिएको छ ।

बोक्से खोला थुनिएपछि प्रहरीको टोली निरीक्षणमा पुग्दा हिमपहिरो खसेको पाइएको हो ।

खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ ।