‘भष्म गर्दिन्छु’ भन्दै बालेनको घर पुगेका ‘जोगी’ पक्राउ

न्युजलय १२ भदौ २०७९, आइतबार ०९:२० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

शनिबार राति जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए । घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।