चोरी गरेको मोवाइल र ल्यापटपसहित काठमाडौंबाट ४ जना पक्राउ

न्युजलय २१ पुस २०७८, बुधबार ०१:२१ मा प्रकाशित

काठमाडौं । प्रहरीले मोबाइल र ल्यापटप चोरी गरेको आरोपमा काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका घर भएका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भइ गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङ रहेका छन्।


सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 


उनीहरूको साथबाट प्रहरीले चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।