काठमाडौं । बिहीबार नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ४ अर्ब १७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३७१ वटा धितोपत्रको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भएको हो।