पोखरामा स्कुल बस दुर्घटनामा कार्यालय सहयोगीको मृत्यु, २९ विद्यार्थी घाइते

न्युजलय १४ साउन २०८१, सोमबार ०४:५१ मा प्रकाशित

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।


मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ ।


विद्यार्थी बोकेको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।