इटहरी । स्थानीय निर्वाचन अन्तर्गत आज भएको मनोनयन दर्तामा सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयरमा ६ जना र उप मेयरमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । इटहरी उपमहानगरपालिकाका निर्वाचन अधिकृत नारायण रिमालका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ६ जनाले इटहरीको मेयरमा उमेदवारी दर्ता गरेका हुन् ।
मेयरमा उमेदवारी दर्ता गराउनेमा एक जना स्वतन्त्र उमेदवार पनि छन् । मौलिक जरोकिलो पार्टीबाट रामेश्वर थापा, मंगोल नेश्नल अर्गनाइजेसनबाट दिपेन्द्र राई, खुम्बुवान राष्ट्रिय मञ्चबाट देशमाया राई, नागरिक उन्मुक्ति पार्टीबाट अक्षयकुमार चौधरी, संघिया लोकतान्त्री मञ्चबाट भिमकुमार लिम्बु र स्वतन्त्र रुपमा पदम कुमार अधिकारीले इटहरीको मेयर पदका लागि उमेदवार दर्ता गराएका छन् ।
यता उमेयरतर्फ भने दुई जनाको उमेदवारी परेको छ । निर्वाचन अधिकृत रिमालका अनुसार इटहरीको उपमेयर पदमा मौकिल जारोलिका पार्टीबाट सर्मिला बराल र संघिय लोकतान्त्रीक मञ्चबाट दिलिता लिम्बूले उमेदवारी दर्ता गराएकी छन् । यस्तै विभिन्न वडाका वडाध्यक्षका लागि ८ जना, महिला वडा सदस्याका लागि ७ जना, खुल्ला सदस्यका लागि ८ जना र दलित महिला सदस्यका लागि एक जनाको उमेदवारी परेको निर्वाचन अधिकृत रिमालले जानकारी दिए ।