गरिमा डान्स सेन्टर धरानद्वारा खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न

न्युजलय २४ माघ २०७८, सोमबार ०१:०७ मा प्रकाशित

धरान । सरस्वती पुजाको अवसरमा गरिमा डान्स सेन्टर धरानले आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 


धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर ग्रुप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर ग्रुप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै ग्रुपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । 

 

यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु पनि प्रमाण पत्र बितरण गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक बिनोद लिम्बु रहेका थिए ।