यूएईविरुद्धको फाइनलमा देव खनालको शतक (क्रिकेट लाइभ भिडियोसहित)

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०३:३३ मा प्रकाशित

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।


यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालले १४ रन जोड्दा २ विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग खनालले १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए ।


पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरे । ९० बलमा १०० रन पुरा गरेका उनी थप दुई बल फेस गरेर आउट भए ।

नेपालले चार विकेटको क्षतीमा २३९ रन बनाएर खेलिरहेको छ ।

क्रिकेट लाइभ हेर्नुहोस् :-