सुनसरी । सप्तकोशी नदीमा हाम फालेका एकजनाकोजिवितै उद्धार गरिएको छ । विराटनगर–८ का ६८ बर्षीय बुनई यादवको प्रहरीले जिवितै उद्धार गरेको हो ।
बुधवार राती एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरीरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।