‘क्रिसमस ‘डे’ का अवसरमा भोली सार्वजनिक बिदा

न्युजलय ९ पुस २०७८, शुक्रबार ०९:३१ मा प्रकाशित

काठमाडौं । सरकारले क्रिसमस ‘डे’ का अवसरमा पुस १० गते(भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए।