काठमाडौ । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलाई कारण देखाउ आदेश दिएको छ।
नर्भिक इन्टरनेशनल अस्पतालले कानून विपरीत संरचना निर्माण गरेको भन्दै मेयर साहले भत्काउन पत्राचार गरेका थिए । त्यसकाविरुद्ध नर्भिक अस्पताल सर्वोच्च पुगेको थियो ।
सर्वोच्चले तत्काल संरचना हटाउने निर्णय कार्यान्वयन गर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । लगत्तै मेयर साहले समाजिक सञ्जालमा त्यसको विरोध गर्दै लेखेका थिए। उनले भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।”
मेयर बालेनको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि आज सुनुवाइ गर्दै न्यायाधीश कार्कीले किन सजाय नहुने भन्दै लिखित जवाफ पेश गर्न आदेश दिएका हुन् । यससँगै सर्वोच्चले सात दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ।