प्रतिनिधिसभा सदस्य बृजेश गुप्ता समूह एमाले प्रवेश गर्दै

न्युजलय १४ चैत २०७८, सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । 

गुप्ता आफ्नो समूहसहित एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ ।

प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नै कपिलवस्तु पुग्दैछन् ।

त्रिपाठी, गुप्ता, श्रीवास्तव लगायतले २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नामबाट प्रतिस्पर्धा गरेका थिए ।