भेरी अस्पतालमा उपचाररत १६ वर्षका किशोरसहित दुई कोरोना संक्रमितको मृत्यु

न्युजलय १२ माघ २०७८, बुधबार ०७:१७ मा प्रकाशित

बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ ।

माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको मंगलबार राति र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका किशोरको बुधबार(आज) बिहान मृत्यु भएको जनाइएको छ । 

कालीकोटका किशोर भीरबाट खसेर घाइते भई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएका थिए ।