आमाको हत्या आरोपमा छोरा पक्राउ

न्युजलय २९ फाल्गुण २०७८, आइतबार ०६:२० मा प्रकाशित

काठमाडौं । नुवाकोटमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको आरोपमा ककनी गाउँपालिका–१, नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

भीमबहादुरले मादकपदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको पाइएको प्रहरीले जनाएको छ ।