इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखालार्र्इ एम्बुलेन्स दिएका छन् । पाथिभरा लिला सेवा फाउण्डेशनमार्फत् नेपाल रेडक्रस सोसाईटी हाँसपोसालाई सुविधा सम्पन्न एक थान एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल, नेपाल रेडक्रस सोसाइटी सुनसरी सभापती उमेश ओझा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा सभापति चन्द्र कुमार गिरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, यूवा व्यसायी बिनोद पौडेललगायतहरूको उपस्थिति रहेको थियो ।
इटहरीका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर दुई वर्ष पहिले पौडेलले एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका थिए । उनले छिट्टै नै नेपाल रेडक्रस सोसाइटी खनार उपशाखालार्इ समेत एम्बुलेन्स दिने जानकारी दिए । पौडेलले ३६ लाख रुपैयाँमा दुई थान एम्बुलेन्स खरिद गरेका थिए ।