एमसीसीमा ठेक्का पार्न निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०८:०५ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाअन्तर्गत हुने पूर्वाधार निर्माणमा टेण्डर पार्न निर्माण व्यवसायीहरुलाई आह्वान गरेका छन् । 

एमसीसी परियोजना छिट्टै शुरु हुने र त्यसको ग्लोबल टेण्डर लाग्ने भएकाले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पार्न प्रधानमन्त्री देउवाले आह्वान गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै देउवाले एमसीसी परियोजनाको ग्लोबल टेण्डरमा चीनलगायत विभिन्न देशका निर्माण व्यवसायी आउन सक्ने पनि बताए ।