काठमाडौँ । सोमबार(आज) सेयर बजारको परिसूचक नेप्से २३.६० अंक घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से २०४६ अंकमा कायम भएको छ । दिनभर १ अर्ब ९४ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रहृयो । धेरैजसो उपसमूह ओर्लिएका छन् ।
बैंकिङ १०, विकास बैंक ३८, फाइनान्स १४, होटल तथा पर्यटन २७, जलविद्युत् २४, जीवन बीमा ८६, उत्पादन १६४, माइक्रोफाइनान्स १०५, निर्जीवन बीमा ६३, अन्य २२ अंक घटे ।