लेटाङमा पौडी खेल्दै गरेका एक युवाको डुबेर मृत्यु

न्युजलय १२ चैत २०७८, शनिवार ०३:१४ मा प्रकाशित

मोरङ । मोरङको लेटाङमा आज एक जना युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। 


लेटाङ १ लोखराका अन्दाजी ४० वर्षीय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । 


मृतकको शव पोस्टमार्टमका लागि मङ्गलबारे अस्पताल उर्लाबारी पठाइएको लेटाङ प्रहरीले जनाएको छ ।