बुटवल । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।
घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सल्यान निवासी २८ वर्षिय चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।