इटहरी । तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।
आइतबार राति इटहरी–धरान सडकखण्डस्थित चारकोसेमा सेउती पुल नजिकै धरानबाट इटहरी आउँदै गरेको प्रदेश १–०२–००२ च ४१६० नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक इटहरी –४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कारमा सवार मोरङको सुन्दरहरैँचा–५ बस्ने ३८ वर्षीय काशी चौधरी र संखुवासभाको मानेभञ्ज्याङ ३ बस्ने ३० वर्षीय उमेश पराजुली घाइते भएका छन् ।
उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।