विराटनगर । मोरङमा सोमबार(आज) बिहान जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको हो।
सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ। हात्ती मृत फेला परेको जानकारी स्थानीयले प्रहरी र वन कर्मचारीलाई गराएका थिए। त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ। थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ जाँदै छ। हाललाई घटनास्थल सुरक्षित राखिएको बताइएको छ ।
घटनास्थलनजिकै सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन्।