आइतबारको सार्वजनिक बिदा असार १ गतेदेखि हट्ने

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०१:२५ मा प्रकाशित

काठमाडौं । सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने भएको छ । यसअघि जेठ १ गतेबाट शनिबार र आइतबार दिँदै आएको सार्वजनिक बिदा आगामी असार १ गतेदेखि हटाउने निर्णय गरेको हो ।


पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको थियो । तर यसको प्रभावकारीता नदेखिएको भन्दै फेरि हटाउन लागेको हो ।