झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपिएफबिच भिडन्त

न्युजलय २७ फाल्गुण २०८०, आइतबार ०७:५७ मा प्रकाशित

 विराटनगर ।  छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । 

यता, पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी  त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।