सप्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय ६ चैत २०७८, आइतबार ०२:२१ मा प्रकाशित

सप्तरी । सप्तरीको पूर्व-पश्चिम लोकमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वाला बस्ने ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते भएका लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।