इटहरी । इटहरीमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।
मोटरसाइकल चालक इटहरी ८ बस्ने २५ वर्षीय भोजराज श्रेष्ठ र इटहरी ४ बस्ने ५२ वर्षीय विजय राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यस्तै, सफारीमा सवार इटहरी ६ बस्ने ३७ वर्षीय कैलाश धमला, निजकै श्रीमती ३० वर्षीया यसोदा धमला र ५ वर्षीया छोरी युनिषा धमला सामान्य घाइते भएका छन् ।
उनीहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।