एशियन हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

न्युजलय १८ मङ्सिर २०७९, आइतबार ०८:१४ मा प्रकाशित

 काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । 

हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । 

यसका साथै सर्वसाधारणमा निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

उक्त शेयर स्थानीय वासिन्दाले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।