आरोग्य आयुर्बेदिक क्लिनिकद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

न्युजलय २७ पुस २०७८, मङ्गलबार ०२:५२ मा प्रकाशित

इटहरी । आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिक इटहरीले एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।


आरोग्य क्लिनिकले श्री रामजानकी शान्ती बृद्धाश्रमको भवनमा शनिबार स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अथिती रहेका भिम पौडेलले आरोग्य क्लिनिकले महान काम गरेको भन्दै प्रशंसा गरेका थिए । साथै उनले भोलीका दिनमा उद्योग बाणिज्य संघ इटहरीले समेत हातेमालो गर्दै समाजलाई सेवा गर्ने बताए । 


योग तथा आयुर्बेदका अभियन्ता गंगा प्रसाद ढकालले आयुर्बेद नै उपचार पद्दतिको जननी भएकाले यसको महत्वलाई जनमानसमा पुर्याउने आफ्नो जिम्मेवारी रहेको र सोही अभियानमा विभिन्न कार्यक्रम गरी योग र आयुर्बेदको बिकासमा आफू र यो क्लिनिक लागि परेको बताए ।


आरोग्य आयुर्बेद स्वास्थ्य क्लिनिकका संचालक, पातंजल योग समितिका केन्द्रीय सदस्य, आयुर्बेद औषधि ब्यबसायी संघ प्रदेश १ सचिब तथा श्री रमजानकी बृद्दश्रमका साल्लहकार जि.पि तिवारीले उक्त शिबिर सफल पार्न योगदान गर्ने सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै आफुले नाफामुखी भन्दा पनि सेवा मुखी भएर काम गर्न रुचाएको बताए । साथै उनले विभिन्न समयमा समाजमा यस्ता गतिबिधी गरिरहने र त्यसकै निरन्तरता आजको शिबिर रहेको जनाए ।