प्रदेश १ मा आज थप १ हजार १६ जना कोरोना पुष्टि

न्युजलय १२ माघ २०७८, बुधबार ०१:३५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेह्रथुममा ७, इलाममा ४, उदयपुरमा ३, सङ्खुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना सङ्क्रमण भएको हो।

 

प्रदेश १ मा आज ३२२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५२ महिला र १७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।