इनरुवा । कोसी ब्यारेजबाट नदीमा यात्रुवाहक बस खसेको छ । विराटनगरबाट गाइघाट जाँदै गरेको बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।
बसमा सवार २० जनाको उद्धार भएको छ । ब्यारेजको बन्द ढोका भएतिर बस खसेको थियो । त्यहाँ वालुवा भरिएकोले बस डुब्न पाएन । जसको कारण उद्धार हुन सकेको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन छैन । तर स्थानीयले भने २० जना नै रहेको जनाएका छन् ।