सरकारी मोटरसाइकलसहित अधिकृत मसाज सेन्टरबाट पक्राउ

न्युजलय १७ साउन २०७९, मङ्गलबार ०२:५७ मा प्रकाशित

नुवाकोट । मसाज पार्लरबाट एक सरकारी अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

गाउँपालिकामा कार्यरत आठौं तहका अधिकृत बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ परेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो ।