स्कुललाई बस किन्न भट्टराईले गरे एक लाख रुपैया सहयोग

न्युजलय १४ चैत २०७८, सोमबार ०७:४१ मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माध्यमिक विध्यालयलाई बस किन्नको लागि सहयोग जुट्ने क्रम जारी छ । सोही क्रममा इटहरीका व्यवशायी तथा समाजसेवी दिनेश भट्टराईले एक लाख रुपैया दिएका छन् । पुर्व विध्यार्थी राजन भट्टराइका पिता तथा पुर्वान्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भट्टराईले एक लाख एक रुपैया दिएका हुन् । 

बढ्दो विध्यार्थी संख्या र टाढा टाढाबाट विध्यार्थीहरु आउन थालेपछि आवतजावत सहजताका लागि बस किन्नको लागि पुर्व विद्यार्थीहरुले सहयोग जुटाउन थालेको पुर्वै विद्यार्थी समाजका अध्यक्ष संयोग पराजुलीले जानकारी दिए ।