काठमाडौ । सिन्धुपाल्चोकमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट इन्द्रावती बडहरेतर्फ जाँदै गरेको बा २ ख ६५८८ नम्बरको बस अपरान्ह ५ बजे दुर्घटना भएको हो ।
इन्द्रावती गाउँपालिका–११, खोलाबगरस्थित भित्री कच्ची सडकको मोडमा ब्रेक नलाग्दा बस दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।