नेप्से २.६१ अंकले घट्यो

न्युजलय ३१ असोज २०७९, सोमबार ०९:१५ मा प्रकाशित

काठमाडौँ । सोमबार सेयर कारोबार ५१ करोड ५८ लाख रुपैयाँमा खुम्चिएको छ । बजारको परिसूचक नेप्से भने २.६ अंक घटेर १८५८ अंकमा झरेको छ । 

कुल ५३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, होटल १०, निर्जीवन बीमा १२, अन्य ४ र ब्यापार उपसमूह १ अंक बढे । 

माइक्रोफाइनान्स ६, उत्पादन १८, जीवन बीमा २६, जलविद्युत् १४, विकास बैंक २७ र फाइनान्स १७ अंक घटेका छन् ।