नेप्से ११ अङ्कले बढ्यो

न्युजलय ८ मङ्सिर २०७९, बिहिबार ०९:२३ मा प्रकाशित

काठमाडौं । शेयर बजारमापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । 

लगातार ओरालो लागेको शेयर आज ११.५६ अङ्कले बढ्दै १९३३.५६ को विन्दुमा पुगेको छ । 

आज कूल २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शेयर कारोबार हुँदा रकम भने घटेको छ । आज ९२ करोड ५१ लाख ७४ हजार बराबरको मात्र कारोबार भएको हो । 

आज घलेम्दी र आरएमडिसी लघुवित्तको शेयर ६ प्रतिभन्दा बढीले वृद्धि भएको छ ।