तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

न्युजलय २६ पुस २०७८, सोमबार ०९:४८ मा प्रकाशित

 तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप–१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको जनाइएको छ । 

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।