इटहरी । कुनै पनि देशको अर्थतन्त्र सुधार गर्न आविष्कार केन्द्रहरुको आवश्यकता सर्वोपरि हुने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महाविर पुनले बताएका छन् ।
बुधबार(आज) मोरङको सुन्दरहरैँचा –१० मा रहेको सुकुना माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा भर्चुअल रुपमा सम्बोधन गर्दै नेपाल जस्तो विकाशील देशका लागि त झन् आविष्कार केन्द्रको आवश्यक बढी हुने उनको भनाइ छ । ‘ यो खोलेर राष्टको अर्थतन्त्र सुधार्न सहयोग मिल्छ’, वैज्ञानिक पुन ले भने, ‘ त्यसैले यो खोल्न आवश्यक छ ।’
उनले आविष्कार केन्द्रहरु पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विभिन्न ठाउँमा खोल्नुपर्ने आवश्यकता औँल्याए । आविष्कार केन्द्र खोल्ने विषय सरकारको मात्रै दायित्व नभएकाले यसमा आम जनताले पनि लागिपनुपर्ने उनको भनाइ छ ।
कुनै समाज वा विद्यालयले मात्रै प्रयास गरे पनि एक ठाउँमा आवश्यक पर्ने आविष्कार केन्द्र खोल्न सकिने उनको भनाइ छ । ‘देशलाई समृद्ध बनाउन आविष्कार केन्द्र बनाउनुपर्छ’, उनले भने, ‘यो खोल्न देशको मात्रै दायीत्व होइन् समाजको पनि उत्तरदायीत्व हो । भावि सन्ततीलाई समृद्ध बनाउन पनि यसले सहयोग गर्ने भएकाले समाजबाटै आविष्कार केन्द्र बनाउनुपर्ने हुन्छ ।’
आविष्कार केन्द्र भएका कारण अमेरीका, बेलायत, चीन लगायातका देश विश्वकै शक्ति राष्ट्र भएको उनको तर्क छ । आविष्कार केन्द्र नभएकै कारण नेपाल गरिव भएको उनको भनाइ छ । सोहि कारण समय समयमा नेपालमा विदेशी हस्तक्षेप हुने उनको भनाइ छ ।
‘आर्थिक रुपमा कमजोर भएपछि विदेशीले हेप्छन्’, उनले भने, ‘गरिव भयो भने सबैले हेप्छन् । अरु विदेशी शक्तिले हेप्छन् । उस्तै परे देशको अस्तित्व नै सखाप पार्छन् । त्यसैले देशको अस्तित्व जोगाउनको लागि भए पनि आविष्कार केन्द्र खोल्नु पर्ने हुन्छन् ।’
आविष्कार केन्द्रले उद्यमशिलतालाई जोडि दिने भएकाले देशको आर्थिक सम्मुनतिमा सहयोग पुग्ने उनको भनाइ छ । ‘देशको अस्तित्व जोगाउन उद्यमी बनाउनु पर्छ र उद्यमी बनाउन आविष्कार केन्द्र आवश्यक छ’, उनले भने, ‘उद्यमीले देशलाई कर तिर्छन् र कर उठ्दै गयो भने देशको ढुकुटी भरिँदै जान्छ । र, देश समृद्ध बन्छ । धनि बन्छ ।
अनुसन्धान नै देश विकासको मेरुदण्ड भएको उनको भनाइ छ । अनुसन्धानका लागि आविष्कार केन्द्र चाहिने भएकाले हरेक ठाउँमा राष्ट्रिय आविष्का केन्द्र जस्तै आविष्कार केन्द्र खोल्नु आवश्यक रहेको उनको भनाइ छ ।