सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट

न्युजलय २४ साउन २०७९, मङ्गलबार ०४:२९ मा प्रकाशित

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार(आज) बाँडफाँट भएको छ । 

गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । 

यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

 सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । 

यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।