अशोक पोखरेलको गीति एल्बम ‘छुरा धस्ने बानी रैछ’ सार्वजनिक

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०१:३३ मा प्रकाशित

इटहरी । नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी अशोक पोखरेलद्वारा निर्मित गीति एल्बम ‘छुरा धस्ने बानी रैछ’ सार्वजनिक भएको छ ।


काठमाडौंमा एक कार्यक्रमका बिच गीति एल्बम सार्वजनिक गरिएको हो । गीतको भिडियोमा कलाकारद्वय झरना रिजाल र मोहन नेपालीको अभिनय रहेको छ । यस गीतमा चर्चित गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने रमेश एमके पौलेलको शब्द रहेको छ । 


यसअघि तीन वटा गीति एल्बम ‘पलपल तिम्रो याद’, ‘पियारी’ र ‘कति राम्री’ साँगीतिक बजारमा छाडिसकेका पोखरको एल्बम ‘छुरा धस्ने बानी रैछ’ चौथो साँगीतिक कोशेली हो । पछिल्लो समय साँगीतिक क्षेत्रमा क्रियाशील पोखरेलले आफू यो क्षेत्रमा आउनुमा साँगीतिक बजारमा नयाँ प्रस्तुति दिने र यस क्षेत्रको प्रवद्र्धनका लागि केही गर्ने सोच रहेको बताएका छन् । 


साँगीतिक बजार पछिल्लो समय साँघुरिँदै गएको अवस्थामा पोखरेलहरु जस्ता निर्माताहरु थपिँदै जाँदा यस क्षेत्रको विकासमा केही टेवा पुग्ने अपेक्षा गरिएको छ । पोखरेल विराटनगर जुटमिलका पूर्व अध्यक्ष एपेक्स हस्पिटल प्रालि इटहरिका प्रबन्ध निर्देशक समेत हुन् ।