तेस्रो स्थानको लागि आज ओमानसँग खेल्दै नेपाल

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०२:२६ मा प्रकाशित

काठमाडौं । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ ।


अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन ।

 

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन ।


नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

 

मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो ।