प्रदेश १ मा आज थप २१ जनामा कोरोना पुष्टि

न्युजलय २२ पुस २०७८, बिहिबार ०३:०९ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।