सेयर बजार १९ अंकले घट्यो

न्युजलय २६ साउन २०७९, बिहिबार ०९:०१ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर २०३७ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्ब ७६ करोडमा खुम्चिएको छ । 

आज सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०११ अंक घटे । 

१५० कम्पनीको मूल्य घट्दा ३२ को बढ्यो । दुई कम्पनीहरु हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढयो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेस्डो लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंक क्रमश अगाडि रहे ।