नेपाल खेलकुद महासंघ इटहरी वडा नं. १०, ११, १२ र १३ को संयुक्त वडा कमिटी गठन

रोजी खतिवडा ५ बैशाख २०७९, सोमबार ०१:५१ मा प्रकाशित

इटहरी । नेपाल खेलकुद महासंघ इटहरी उपमहानगर कमिटीले इटहरी वडा नं.१०, ११, १२ र १३ को संयुक्त वडा कमिटी गठन गरेको छ । शनिबार इटहरी १२ खनारस्थित श्री शारदा उच्च माविको प्राङ्गणमा एक कार्यक्रमका बिच कमिटी गठन गरेको हो । 


नेपाल खेलकुद महासंघ इटहरी नगर अध्यक्ष ढुण्डीराज गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुरेश कार्की प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 


यस्तै, कार्यक्रमको विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला सदस्य शिवनारायण चौधरी, नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष पुष्प कार्की, नेपाल खेलकुद महासंघ केन्द्रिय सामाजिक सेवा सहसंयोजक गौरब जंग राणा रहेका थिए । 


कार्यक्रममा वडा नं. १० को अध्यक्षमा मनिष देव, वडा नं. ११ को अध्यक्षमा रमेश कोइराला, वडा नं. १२ को अध्यक्षमा चञ्चल राई र वडा नं.१३ को अध्यक्षमा स्मारिका कार्की सर्वसम्मत चयन भएका थिए । यस कार्यक्रममा पदाधिकारी मात्र चयन गरिएको र प्रथम बैठकले सदस्य मनोनित गरिने नेपाल खेलकुद महासंघ जिल्ला सदस्य सुवास भण्डारीले जानकारी दिए ।


यस्तै, इटहरी वडा नं.१२ नेकपा एमालेका सचिव एलिस ढकालले सञ्चालन गरेको कार्यक्रममा नेपाल खेलकुद महासंघ प्रदेश कमिटी सदस्य सुरेन्द्र गिरी, नेकपा एमाले १२ नं. वडा अध्यक्ष कमल जंग कार्की, नेकपा एमाले ११ नं. वडा अध्यक्ष केशव कोइराला, नेपाल खेलकुद महासंघ जिल्ला सदस्य सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा ४ वटै वडाका युवाहरुको बाक्लो उपस्थिति थियो ।