पाकिस्तानमा ५.८ म्याग्निच्यूडको भूकम्प

न्युजलय २६ भदौ २०८१, बुधबार ०८:३९ मा प्रकाशित

काठमाडौँ । बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ ।

भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तानको करोरबाट २५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।