इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस इटहरीले एजुकेशन फेयर गरेको छ । इटहरीस्थित आफ्नै कार्यालयमा अविभावक तथा विद्यार्थीहरुमाझ एजुकेसन फेयर गरेको हो ।
अस्ट्रेलिया र युके अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई सम्बन्धित कलेजका प्रतिनिधिहरुबाट परामर्श उपलब्ध गराइएको प्रबन्ध निर्देशक कमल प्रसाद तिम्सिनाले बताए । उनका अनुसार अस्ट्रेलिया र युकेका प्रसिद्ध युनिभर्सिटी र कलेजका नेपाल प्रतिनिधिहरूले विद्यार्थीहरूलाई परामर्श दिएका थिए ।
एक दिने कार्यक्रममा एक सय ५० भन्दा बढी विद्यार्थीहरूले परामर्श लिएको उनले बताए ।
विद्यार्थीहरूले टोरेन्स युनिभर्सिटी, अस्ट्रेलियन व्याधोलिक युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी सिड्नी, नाभिटास माउन्टेन्स इन्टरनेशनल होटल म्यानेजमेन्ट स्कुल लगायतका शैक्षिक कार्यक्रम प्रदायकबाट सेवा लिएको तिम्सिनाले बताए ।
एब्रोड स्टडी काउन्सिलिङ र आइएलटीयस अध्यापनमा नेपालमै अब्बल मानिएको एक्सपर्टको इटहरीस्थित शाखाले पुर्वकै स्तरीय शैक्षिक संस्थाको रुपमा परामर्श दिइरहेको छ । एक्सपर्टले विदेशमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुलाई रोजगारीको लागिसमेत सहयोग गर्ने गरेको छ ।