बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत, एक जना पक्राउ

न्युजलय १३ माघ २०७८, बिहिबार ०६:०२ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् ।

पर्नेमा सर्लाही बरथवा नगरपालिका–२ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेको झापा प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बालिकामाथि जबरजस्ती करणी भएको खबर प्राप्त हुनेबित्तिक ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।